+
+
Shares

सदस्यको घरमा जन्म र मरण हुँदा लघुवित्तको वृक्षरोपण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते २०:०१

३० मंसिर, विराटनगर । केही दिनअघि ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुनाकुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तीय संस्था झोराहाट शाखाकी प्रमुख सिर्जना खवास सहयोगी कर्मचारीसहित एउटा झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् ।

यारुनाकुमारीलाई हर्लिक्स, साबुन, च्यावनप्रास र पाउडरलगायत सामग्री राखिएको झोला उपहार दिइन् । ब्लाङ्केट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन् । बोकेर लगेको आँप र लिच्चीको बिरुवा करेसाबारीमा रोपिदिइन् । यारुनालाई एक हजार रुपैयाँ दिएर फर्किइन् ।

जीवन विकास लघुवित्तको केन्द्र नम्बर ४६ की सदस्य सरदार सुत्केरी भएपछि उपहार र बिरुवा बोकेर शाखा प्रमुख खवास पुगेकी थिइन् । संस्थामा आबद्ध सदस्यको घरमा जन्ममा खुसी र मृत्युमा समवेदना प्रकट गर्न जीवन विकास लघुवित्तको १६० शाखा कार्यालयका कर्मचारीहरु बिरुवा बोकेर पुग्छन् ।

‘सदस्यको घरमा जन्म र मृत्यु हुँदा हामीलाई खबर आउँछ’, खवास भन्छिन्, ‘हामी फलफूलका बिरुवा बोकेर पुग्छौं र उहाँको नाममा बिरुवा रोपेर फर्कन्छौँ ।’

उनका अनुसार सदस्य सुत्केरी हुँदा दुई वटा बच्चासम्मलाई लघुवित्तले सुत्केरी सुविधा दिने गरेको छ । सामान्य रुपमा सुत्केरी हुने सदस्यलाई एक हजार र शल्यक्रियाबाट सुत्केरी भएकालाई दुई हजार दिने उनले बताइन् ।

सदस्य र सदस्यको श्रीमानको मृत्यु भए जीवन विकासले दश हजार रुपैयाँ काजकिरिया खर्च पनि दिन्छ । मृतकको नाममा दुई वटा फलफूलको बिरुवा पनि रोप्छन् ।

जन्म र मृत्यु भए सदस्यको घर पुगेर लघुवित्तले बिरुवा रोप्न थालेको तीन वर्ष भयो । तीन वर्षमा संस्थाले तीन हजार ३१६ सदस्यको घरमा पुगेर ६ हजार ६३२ वटा फलफूलको बिरुवा रोपिएको जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताए ।

उनका अनुसार विपन्न परिवारमा जन्मने नवजात शिशुको स्याहार र सुत्केरीले पोष्टिक आहार पाउन् भन्ने उद्देश्यसहित सदस्यको घरमा जन्मिएको शिशुको लागि ब्लाङकेट र सुत्केरीका लागि हर्लिक्स, च्यावनप्राशलगायत पौष्टिक तत्व लिएर जान्छन् र नवजात शिशुको नाममा दुई वटा फलफूलको बिरुवा रोपिदिन्छन् ।

सदस्यको मृत्यु भएमा समवेदनाका लागि पुग्छन् र मृतकको नाममा दुई वटा फलफूलको बिरुवा रोपिदिन्छन् । यसरी रोपेको बिरुवाको संरक्षण पनि भएको उनको भनाइ छ ।

‘सार्वजनिक स्थानमा गरेको वृक्षारोपण हेरचाह नभएर असफल भएको देखेका छौं’, उनले भने, ‘सुख दुःखमा जीवन विकासले व्यक्तीको नाममा रोपेका बिरुवाले राम्रो स्याहार पाएका छन्, बिरुवा मरेको गुनासो आएको छैन ।’

व्यक्तिको नाममा रोपिएको बिरुवा परिवारको भावनासँग जोडिने भएकाले संरक्षण भएको बताउँदै उनले भने, ‘हामी सधैँ सदस्यसँगै हुन्छौं, उहाँहरुको सुखदुःखमा साथ रहने भएकाले सम्झनाका लागि बिरुवा रोप्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?