+
+

त्रिविको दीक्षान्तले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ११:४६
फाइल तस्वीर

२ पुस, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको त्रिभुवन विश्वविद्यालय (टीयू) को दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तीनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन ।

जसले गर्दा यात्रुहरु मारमा परेका छन् ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

विद्यार्थीका अभिभावकसहित समारोहमा करिब २८ हजार उपस्थित हुने अनुमान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?