+
+

मेलम्चीको पानी खोइ (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० पुष २ गते १४:२४

२ पुस, काठमाडौं । मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उपभोक्ताहरु रित्ता गाग्री बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए ।

मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले जानकारी दिए ।

संघर्ष समितिले आफूहरुले पटक पटक मुहान क्षेत्रको निरीक्षण गरेको दाबी गर्दै त्यहाँ कुनै समस्या नभए पनि सरकारले पानी ल्याउन पहल नगरेको आरोप लगाएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन ।

जसले गर्दा काठमाडौंमा उपभोक्ताहरु पिउने पानीको समस्यामा छन् ।

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?