+
+

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ७:३७

५ पुस, काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबिसकोट– ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?