+
+

पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १९:२०

८ पुस, बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।

बुद्ध एयरको जहाजबाट भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

शाह विमानस्थलबाट मुख्य सडकसम्म हिंडेका थिए भने त्यहांबाट अञ्चलपुरमा रहेको तारे होटेल सिद्धार्थ भिलासासम्म आफै कार चलाएर गए । सो अवसरमा समर्थकले नौमती बाजाले उनलाई स्वागत गरिएको थियो ।

शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको पूर्वराजालाई अभिनन्नदन गर्न गठित मूल समितिका संयोजक डा. रामप्रसाद बस्यालले बताए ।

शाहको भ्रमण तालिका सार्वजनिक नभएपनि भैरहवामा सभा आयोजना गरि अभिनन्दन गरिने उनले बताए । शाह पुस १९ गतेसम्म बस्ने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?