+
+

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते ९:४०

१२ पुस, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

दुवै जिल्लाका विभिन्न स्थानबाट बुधबार लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका-१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहितका दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका- ३ चौकीडाडाँबाट २२० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार, भीमदत्त नगरपालिका-४ को २ नम्बर गल्लीबाट ०.२४ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका १८ वर्षीय किशोरसमेतका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवाबाट ३.४७ ग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई पनि पक्राउ गरिएको छ ।

दुवै जिल्लामा लागुऔषधसहित पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?