+
+

नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो ‘हेलमेट र्‍याक’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १९:१९

काठमाडौं । यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ ।

खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्‍याक उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले उपलब्ध गराएको र्‍याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?