+
+

युट्युब ट्रेन्डिङमा प्रकाश सपुतको ‘मन कटक्कै’देखि राजु मास्टरको ‘सकस’सम्म

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १२:१०

काठमाडौं । युट्युबको नेपाल ट्रेन्डिङमा पछिल्लो साता सिरिज र म्युजिक भिडियोकै दबदबा देखिएको छ । राजु मास्टरको सिरियल ‘सकस’ हप्तैपिच्छे ट्रेन्डिङमा देखिन्छ । आइतबार रिलिज भएको ‘सकस’को नयाँ भाग ट्रेन्डिङको तेस्रो स्थानमा छ ।

यो सिरियलका अघिल्ला भाग पनि रिलिज भएलगत्तै ट्रेन्डिङको शीर्षस्थानमा आउँथे । ट्रेन्डिङको यो प्रवृत्तिले अर्गानिक कथावस्तुका सिरियलप्रति दर्शकको अभिरुचि देखिन्छ ।

रियल-टाइम ट्रेन्डिङमा ‘सकस’ तेस्रो स्थानमा हुँदा शीर्षस्थानमा गेमिङ भिडियो अज्जुभाई फेस रिभिल छ । ट्रेन्डिङ आठमा खेम सेन्चुरीको गीत ‘तिम्रो त यो दुनियाँ छ,’ स्ट्रिमिङ भइरहेको छ ।

ट्रेन्डिङको नवौं स्थानमा प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ छ । सोमबार प्रिमियर भएको यो गीतलाई २० घण्टामा ५ लाख १२ हजार पटक हेरिएको छ । सपुतकै संगीत रहेको गीतमा उनी र कुसुम शर्मा फिचर्ड छन् ।

संगीत विधातर्फको शीर्षस्थानमा चाहिं सुशान्त केसीको ‘झ्यालबाट’ छ, जसलाई तीन सातामा ४८ लाख पटक हेरिएको छ । दोस्रो स्थानमा बलिउड फिल्म ‘एनिमल’को ‘पेहेली भी में’ स्ट्रिमिङ छ । संगीतको मुख्य विधातर्फ चाहिं भारतीय गीतको दबदबा देखिएको छ ।

मुभिज विधातर्फ भारतीय फिल्म ‘सलार’को ट्रेलर नै शीर्षस्थानमा छ । दोस्रोमा ‘हुनमान’को हिन्दी ट्रेलर, तेस्रोमा पूजा शर्मा स्टारर ‘दान्वी’को ट्रेलर समावेश छन् । पछिल्लो समय सर्ट पनि युट्युबमा ट्रेन्डिङको रुपमा रहेका छन् । ट्रेन्डिङले युट्युब प्रयोगकर्ताको रुचिबारे दर्शाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?