+
+

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते ९:५२

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् । आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्  छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।

निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

१९ सिटका लागि निर्वाचन हुन लागेको हो । हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा १९ सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ ।

यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।

अपडेट : एमालेलाई पनि सिट छुट्याउन कांग्रेस–माओवादी सकारात्मक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?