+
+

मार्गट रोबी विश्वकै ‘स्टाइलिस सेलिब्रेटी’ घोषित, दोस्रो स्थानमा बियोन्से

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:५४

काठमाडौं । सेलिब्रेटी फेसनका लागि सन् २०२३ उल्लेख्य रह्यो । प्रेस टुर पहिरनदेखि रेडकार्पेट फेसनसम्म, केही विश्व सेलिब्रेटीले फेसनप्रतिको हाम्रो बुझाइ र अवधारणालाई अझै बृहत तुल्याए ।

अभिनेत्री मार्गट रोबीको ‘बार्बी’ टुरदेखि गायिका बियोन्सेको अविश्वसनीय स्टेज पोशाक र ग्वेनेथ पाल्ट्रोको ‘कोर्टरुम स्टाइल’सम्म । बितेका १२ वर्षमा यी सेलिब्रेटीले फेसनशैलीले विश्व हल्लाए ।

प्रतिष्ठित फेसन म्यागजिन हार्पर बजारले सन् २०२३ का उत्कृष्ट १० ‘स्टाइलिस सेलिब्रेटी’को सूची सार्वजनिक गरेको छ जसको शीर्ष स्थानमा मार्गट रोबी छिन् ।

म्यागजिन लेख्छ, ‘गएको गर्मीयाममा बार्बेनहाइमरको आँधी आउँदा मार्गट रोबीको पोशाक रेडकार्पेटका लागि पर्फेक्ट थियो । उनकी स्टाइलिस एन्ड्रयु मुकामलले अघिल्ला बार्बीबाट प्रेरित भएर रोबीलाई आकर्षक तुल्याएको उल्लेख गरिएको छ ।

रोबीले गुलाबी भ्यालेन्टिनो पोल्का डट्स र प्रदाको डिजाइन लगाएकी थिइन् । रोबी र मुकामलको यो संयुक्त स्टाइलले आगामी केही समय विश्व फेसनलाई प्रभावित तुल्याउने अपेक्षा गरिएको छ ।

सूचीको दोस्रो स्थानमा पपस्टारर बियोन्से छिन् । सन् २०२३ मा बियोन्सेले बहुचर्चित रेनासा टुर आयोजना गरिन्, जसको स्टेजमा हाइ अक्टेन–कस्टम मेड लुक्स प्रस्तुत थिए । उनले बितेको वर्ष ५७ शोमा प्रस्तुति दिइन् । उनको फेसन स्टेटमेन्टको चर्चा पनि विश्वव्यापी भयो ।

हार्पर बजारले सन् २०२३ को फेसन ट्रेन्डलाई ‘क्वाइट लक्जरी’को संज्ञा दिएको छ । न्युयोर्क सहरको सडकमा हिंड्दाखेरि शिरदेखि पाउसम्म लरेन्सले पहिरिएको पहिरनको चर्चा म्यागजिनले गरेको छ ।

रेडकार्पेट स्टाइलका लागि सधैं प्रशंसित अभिनेत्री समेत रहेकी लरेन्सले आफ्नो कुल–अफ्–ड्युटी फेसनशैलीले धेरैको ध्यानाकृष्ट गरिन् । लरेन्सको यो फेसन विज्ञानले हामीलाई उच्च गुणस्तरका लागि हामीले किन लगानी गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।

चौथो स्थानमा ओस्कार अवार्ड विजेता अभिनेत्री मिशेल योह छिन् । साग अवार्डको रेडकार्पेटदेखि धेरै समारोहमा अभिनेत्री योहको फेसन स्टेटमेन्ट रोचक रह्यो । विशेषगरी साग अवार्डको रेडकार्पेटमा उनले पहिरिएको स्किआपरेली ब्राण्डको पहिरनको चर्चा भइरहेको छ ।

उनले गोल्डेन ग्लोब्सका लागि अरमानीको चम्किलो नेवी पेप्लम सेक्विन, क्रिटिक्स च्वाइस अवार्डका लागि उज्यालो फुसिया क्यारोलिना हेरेरा केप र एकेडेमी अवार्डका लागि डायरको फ्लोटिङ फेदरेड गाउन लगाएकी थिइन् ।

पाँचौं स्थानमा ग्वेनेथ पाल्ट्रो छिन् । हलिउड अभिनेत्री तथा व्यवसायी ‘कोर्टरुम स्टाइल’को कारण चर्चामा छिन् । कोर्टरुम पहिरनमा पाल्ट्रोले धेरै स्टाइलिस लुक्स प्रस्तुत गरिन्, जुन क्षणभरमै ‘शान्त विलासिता’को ठूलो विज्ञापन बन्यो ।

स्टाइलिस सेलिब्रेटीको छैटौं स्थानमा मिडिया पर्सनालिटी सोफिया रिची, सातौं स्थानमा ‘पास्ट लाइभ्स’ र ‘द मर्निङ शो’ फेम्ड स्टार ग्रेटा ली छन् । आठौं स्थानमा फेसन डीभा तथा अर्बपति काइली जेनर, नवौं स्थानमा राहेल जेगलर र दशौं स्थानमा सिड्नी स्विनर छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?