
१९ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बालकृष्ण सम जन्मिएको घरको जीर्णोद्धार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् ।
बिहीबार ज्ञानेश्वरस्थित बालकृष्ण समको घर अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । यो घरको काठमाडौं विश्वविद्यालय अन्तर्गत बालकृष्ण सम गुठीले स्वामित्व लिएको छ ।
घरको पुरातत्व विभागमार्फत जीर्णोद्धार गर्न विश्वविद्यायका पदाधिकारीले माग गरेका थिए ।
मन्त्री किरातीले पुरातत्व विभागका कार्यकारी निर्देशक सौभाग्य प्रर्धानाङ्गलाई जीर्णोद्धारका लागि निर्देशन दिएका छन् । सो क्रममा मन्त्री किरातीले बालकृष्ण समलाई शेक्सपियरसँग तुलना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4