 
																			२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग अघि सारेको छ ।
आइतबार शेखर गगन पक्षको भेलाले सत्ता गठबन्धनको भागबण्डामा पार्टीले पाएको १० सिटमध्ये ४ सिटमा आफू पक्षको उम्मेदवार हुनुपर्ने बताएका हुन् ।
उक्त भेलापछि संस्थापन इतर पक्षका एक नेताले भने, ‘१० जनाको कुरा आइरहेको छ, ४ जना हामीलाई चाहिन्छ भन्ने हो ।’
यो विषय आइतबार नै बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्ने भन्दै ती नेताले यदि सन्तुलित हिसाबले उम्मेदवार चयन नभए निर्णयमा फरक मत राख्ने बताए ।
संस्थापन इतर पक्षले यसअघि १४ पुसमा पार्टी केन्द्रीय समितिले तय गरेको मापदण्ड पालना हुनुपर्ने पनि माग गरेको छ ।
केन्द्रीय समितिले भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलनमा ध्यान दिने, पार्टीमा योगदान दिने, संसदीय क्षेत्रमा योगदान दिने र अहिलेसम्म मौका नपाएकाहरुलाई प्राथमिकता दिने मापदण्ड बनाएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4