+
+

२०८० अंकमा पुग्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १५:१८

२४ पुस, काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से पनि बढेको छ । सोमबार ४ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ११ करोड पुगेको हो ।

परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २०.६२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८० अंकमा कायम भएको छ । १६५ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ५ को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ५.२१ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स ३.६४, होटल तथा पर्यटन २.७२, अन्य १.८९, लगानी १.२४, जीवन बीमा ०.९४, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.११ र बैंकिङ समूह ०.६७ प्रतिशत बढे । जलविद्युत् समूह ०.४५ र उत्पादन समूह ०.०४ प्रतिशत घट्यो ।

धेरै मूल्य उतारचढाव भएका कम्पनी

११ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोसी विकास बैंक, अपर स्याङ्गे हाइड्रोपावर, त्रिशुली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी, तेह्रथुम पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । यीमध्ये हिमालयन रिइन्स्योरेन्सको सोमबारदेखि मात्रै कारोबार सुरु भएको हो । पाँचथर पावर, इस्टर्न हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो ।

त्यस्तै धौलागिरि लघुवित्तको मूल्य ८ प्रतिशत घटेको छ । सीईडीबी हाइड्रोपावर, विन्ध्यबासिनी, सुपरमादी हाइड्रोपावर तथा माण्डु हाइड्रोपावरको मूल्य ५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, सोल्टी होटल, माउन्टेन इनर्जी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?