+

एन्फा यू-१६ युथ लिग : एपीएफको पोस्टमा संकटाको सात गोल

२०८० पुष  २४ गते १६:३७ २०८० पुष २४ गते १६:३७
एन्फा यू-१६ युथ लिग : एपीएफको पोस्टमा संकटाको सात गोल

२४ पुस, काठमाडौं । संकटा क्लवले जारी एन्फा यू-१६ युथ लिग फुटबलमा मंगलवार विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एपीएफमाथि ७–१ को जित निकालेको हो । कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो ।

यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लव १७ अंकसहित दोस्रो स्थानमा छ ।

खेलको ११ औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बु र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।

५३ औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपीएफले एक गोल फर्कायो ।

तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपीएफले फराकिलो हार व्यहो¥यो । संकटाका लागि छैटौं गोल अरुण श्रेष्ठले ८१ औं मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यससँगै संकटाले जारी लिगमा छैटौं जित निकाल्यो । आठौं खेलमा चौथो हार बेहोरेको एपीएफ ११ अंकसहित पाँचौं स्थानमा छ ।

यू-१६ लिग संकटा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय