+
+

इएफएल कपमा मिडल्स्ब्रोसँग चेल्सी स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ८:२३

२५ पुस, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी इएफएल कप फुटबलको सेमिफाइनल पहिलो लेगमा दोस्रो श्रेणीको क्लब मिडल्स्ब्रोसँग पराजित भएको छ ।

मंगलबार राति मिडल्स्ब्रोले घरेलु मैदान रिभरसाइड स्टेडियममा चेल्सीलाई १-० ले पराजित गरेको छ । चेल्सीले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा पारजित भयो ।

मिडल्स्ब्रोका लागि हाएडेन हाकनेले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यपछि दुवैतर्फबाट थप गोल भएन ।

चेल्सीका कोल पाल्मरले तीन गोलका सम्भावित अवसर गुमाएका थिए । चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो टिमले अवसर बनाएको तर गोल गर्नका लागि  छरितो नभएको बताए ।

चेल्सी र मिडल्स्ब्रोबीच दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुनेछ ।

अर्को सेमिफाइनलमा लिभरपुलले फुलहमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?