+
+

दुई सचिवको जिम्मेवारी हेरफेर, सञ्चार मन्त्रालयमा सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १२:१०
रामकृष्ण सुवेदी

२५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सरुवा भएको छ । उनको स्थानमा रामकृष्ण सुवेदीलाई सञ्चार सचिवका रुपमा ल्याइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने र राउतलाई सो आयोगमा पठाउने निर्णय गरेको छ ।

तत्कालीन समयमा अधिकृत रहँदा टिप्पणी उठाएका कारण ललिता निवास प्रकरणमा समेत मुछिएका राउतले निर्णय गर्न नै अलमल गर्ने क्रम बढेपछि मन्त्री रेखा शर्माले उनलाई फेर्न चाहेकी थिइन् । यसका कारण सचिव राउत र मन्त्री शर्माबीचको सम्बन्ध सुमधुर थिएन ।

सञ्चार नेपाल टेलिकमको अध्यक्ष समेत रहने भएकाले टेलिकमको विभिन्न सुधारका योजनामा सचिवको भूमिकाप्रति मन्त्री असन्तुष्ट नरहेको स्रोतको दाबी छ । टेलिकमको ठेक्काहरुमा राजनीतिक नेतृत्वको अस्वभाविक रुचीअनुसार काम गर्न नमान्दा सरुवा भएको सचिव निकट स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?