+
+

सरकारका खातामा १८७ अर्ब मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १८:२४

२६ पुस, काठमाडौं । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको नेपाल राष्ट्र बैंकको आंकडामा उल्लेख छ ।

२०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी पुगेको हो ।

नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पूँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

राजस्व परिचालन लक्ष्यको तुलनामा कम संकलन भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा सुधार भएको छ ।

मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो । यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?