+
+

सहारा र अनलाइनखबरबीच आहारारा पोखरा गोल्डकपको अनलाइन लाइभ अपडेट गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १९:१८

२७ पुस, पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटबलको २३ औं संस्करणमा अनलाइनखबरले अनलाइन लाइभ अपडेट गर्ने भएकोछ ।  आयोजक सहारा क्लब र अनलाइनखबरबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आयोजक सहारा क्लबका अध्यक्ष केशव बराल, अनलाइनखबरका तर्फबाट कार्यकारी निर्देशक सुरेश भुसाल र गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने २३ औं आहारारा पोखरा गोल्डकपअवधिभर अनलाइनखबरले अनलाइन अपडेट गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै आयोजक सहारा क्लबका अध्यक्ष बरालले अनलाइनखबरसँगको सहकार्यले आहारारालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘आहारारा निरन्तर भइरहेको देशकै प्रतिष्ठित प्रतियोगिता हो । देशमा थुप्रै यस्ता प्रतियोगिताहरु सुरु हुने बन्द हुने भइरहे’, उनले भने, ‘तर, कहिल्यै पनि रोकिन दिएनौं । र आज यो ठाउँमा आइपुगेका छौं ।’

आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा भुटानको लिग विजेता टिम पारो र भारतको दिल्ली एफसीसहित ८ वटा ए डिभिजन, एउटा मोफसल र आयोजक गरी १२ टिम सहभागी हुँदैछन् ।

अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?