+
+

नेपाल र वेष्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ९:५६

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघि नेपाल र वेष्ट इन्डिजबीचको वार्मअप खेल वर्षाका कारण प्रभावित बन्दा नतिजाविहीन भएको छ ।

मंगलबार तय भएको खेलमा वर्षाकै कारण ढिला टस भएको थियो ।

जोआनबर्गस्थित सेन्ट स्टिथिनस मेन ओभलमा नेपालले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।

वेस्ट इन्डिजले ८.३ ओभरमा एक विकेट गुमाउँदै ३३ रन बनाएर खेलिरहँदा वर्षा सुरु हुँदा खेल रोकिएको थियो  ।

त्यसपछि वर्षाका कारण खेल फेरि सुरु हुन सकेन र रद्द भयो ।

८ वर्षपछि नेपालले यू-१९ विश्वकप खेल्दैछ र त्यसअघि अनअफिसियल दुई र अफिसियल दुई गरी चार वार्मअप म्याच खेल्यो । जसमा नेपालले यसअघिको तीनवटै वार्म अफ खेल जितेको थियो ।

नेपाल क्रिकेट संघ क्यानको व्यवस्था गरेको दुई अनअफिसियल म्याचमा नेपालले स्कटल्याण्डलाई १३५ रन र नामिबियालाई ६ रनले पराजित गरेको थियो ।

यस्तै आईसीसीको तालिका अनुसार भएको अफिसियल वार्मअप म्याचमा नेपालले स्कटल्याण्डलाई नै ७ विकेटले पराजित गरेको थियो ।

आईसीसी यू-१९ क्रिकेट विश्वकप १९ जनवरी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु  हुँदैछ । जहाँ नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा १२ वटै टेष्ट राष्ट्रको युवा टिमसहित एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, अमेरिका र नामिबिया सहभागी छन् ।

समूह डी मा रहेको नेपालले न्युजिल्याण्डसँग आफ्नो पहिलो खेल आइतबार खेल्दैछ । यस समूहमा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।

यस्तै समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड तथा समूह डी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया छन् ।

चारै समूहको खेलपछि हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ दुई समूह हुनेछन् ।

समूह ए र समूह डी को ३-३ टिम सुपर सिक्समा एक समूहमा हुनेछ भने समूह बी र समूह सी को ३-३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछ ।

सुपर सिक्सको दुई समूह्यको शीर्ष २-२ टोली सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?