+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बीपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन : धरान गएर बैठक राख्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १६:३५

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई तत्काल धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

‘तपाईंले पदाधिकारीलाई काठमाडौंमा नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्’, उपकुलपति कार्कीसँग गरेको कुराकानीबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?