+
+

धितोपत्र बोर्डको निमित्तका लागि अर्थमन्त्रालयले पठायो पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते ७:४८

८ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारीको लागि अर्थमन्त्रालयले पत्र पठाएको छ ।

आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिदै पत्र आएको बोर्ड स्रोतले जनाएको छ ।

मन्त्रालयबाट पत्र आएपछि चारजना कार्यकारी निर्देशकसहित व्यवस्थापक तहका कर्मचारीको बैठक बसेको छ ।

बैठकमा पहिलो वरीयताका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नै निमित्तको जिम्मेवारी लिने छलफल भएको बोर्ड स्रोतले जनाएको छ ।

रमेश हमाल अध्यक्ष हुँदा उनले आफू बिदामा बस्दा निमित्तको जिम्मेवारी पाउँदै आएका विनयदेव आचार्यले नै डा. अधिकारीलाई जिम्मेवारी लिन भनेको स्रोतले जनाएको छ ।

आज सोमबार थप छलफल हुने र सोमबार नै सञ्चालक समितिको बैठक बस्नसक्ने बोर्डका एक अधिकारीले बताए ।

सञ्चालक समितिले निमित्तको जिम्मेवारी पाउने अधिकारीले गर्ने जिम्मेवारी तोक्नेछ ।

२० पुसमा कार्यकाल सकिएर अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्डमा निमित्तको जिम्मेवारीसमेत नतोकिंदा दैनिक काम कारबाही नै प्रभावित बन्दै आएको थियो ।

सरकारले बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति बनाइसकेको छ ।

समिति अध्यक्ष छनोटको लागि आवश्यक कार्यविधि तर्जुमा गरेर अध्यक्षको लागि आवेदन माग गर्नेछ ।

सोही समितिले तीन जनाको नाम सिफारिस गरि मन्त्रिपरिषद्ले एक जना अध्यक्षमा नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?