 
																			९ माघ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको निमित्त आन्दोलनको बिकल्प नभएको भन्दै परिबर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै थापाले एक्लै एक्लै आन्दोलनमा जाँदा प्रभाबकारी नभएको तथा बिगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको बिचार ब्यक्त गरे।
एक्ला एक्लै बिभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको बिकृती र बेथितिलाई नै मलजल हुने र मुलुक ब्रम्हलुटको यथास्थिति मै अघि बढिरहने भएको हुँदा परिबर्तन चाहने शक्तिहरु, एजेन्डा मिल्ने शक्तिहर, सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रबादिहरु मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको बिकल्प नभएको थापाको स्पष्टोक्ति थियो । उनले भने, ‘एक्ला एक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ ।’
अहिले आन्दोलनको लागि समय अनुकुल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सिमा नाघेको जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए । बिदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनको रक्षा हुन नसक्ने भन्दै थापाले मुलुकले अहिले राष्ट्रवादी शक्तिहरुको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गरे।
उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान सङ्गै आन्दोलनको तयारीमा युद्ध स्तरमा जुट्न थापाले सबैलाई निर्देशन दिए । काठमाडौंको १० वटै क्षेत्रमा १५ दिन भित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4