+
+

आयुष घलानलाई सहारा वर्षोत्कृष्ट खेलाडी सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:२३

९ माघ, पोखरा । यसवर्षको सहारा वर्षोत्कृष्ट खेलाडी सम्मानबाट राष्ट्रिय फुटबल खेलाडी आयुष घलान सम्मानित भएका छन् ।

उनलाई पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले ५० हजार ५ रुपैयाँसहित सम्मान गरेका हुन् ।

आयोजक सहाराले २०७४ देखि बर्सेनि एकजना फुटबलरलाई वर्षोत्कृष्ट खेलाडी सम्मान प्रदान गर्दै आएको छ ।

राष्ट्रिय टिमका मिडफिल्डर घलानलाई नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आयुषलाई नेपाली राष्ट्रिय टिममा प्रवेश गराएका हुन् । उनी हेटौंडाका हुन् ।

उनले कुवेत सिटीमा भएको अस्ट्रेलियाविरुद्धको विश्वकप छनोटबाट राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

उनले सन् २०२१ मा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका थिए ।

आयुषले भारतको भुवनेश्वरमा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालको कप्तानी भूमिका निभाइसकेका छन् ।

उनले पोखरा थन्डर्स, थ्रीस्टार, संकटा र मच्छिन्द्र क्लबका लागि खेलिसकेका छन् ।

यसअघि फुटबलर भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?