+
+

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते ९:०३

१० माघ, धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो तर चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थपउपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

करेन्ट के कति कारणले लागेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?