
काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुष्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माताले बिहीबार फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा सहरको दृश्य देखाइएको छ । पोष्टर हेर्दा यो फिल्म एक्सन जनरामा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
विनयराज पौडेलको डेब्यु निर्देशन तथा लेखन रहने फिल्मको अहिले कास्टिङ चलिरहेको छ । उग्रशन ढुंगाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको छायांकन वैशाखबाट सुरु हुने जनाइएको छ । दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4