+
+

सेयर बजार घट्ने क्रम रोकिएन, १४१ कम्पनीको मूल्य घट्दा ९१ को बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:१८

११ माघ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेरै बन्द भएको छ । गत साताको बुधबारदेखि लगातार घटेको सेयर बजार सातौं दिन पनि रातो रह्यो । बिहीबार ३.९४ अंक घटेर नेप्से परिसूचक २०८४ अंकमा कायम भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनकै बराबर ३ अर्ब ७६ करोड रुपैयाँको भयो । बिहीबार ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत सूचकहरुमा मिश्रित प्रभाव देखिएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १ प्रतिशत घट्यो ।

बैंकिङ २, विकास बैंक ६, फाइनान्स २ र ब्यापार समूह १४ अंक बढे । होटल तथा पर्यटन ५८, हाइड्रोपावर ०.४, जीवन बीमा ४५, उत्पादन ५, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ४७ र अन्य समूह ९ अंक घटे ।

सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोको ८.७, इनिफिनिटी लघुवित्तको ८.१, नेपाल हाइड्रो डेभलपरको ७, मनकामना स्मार्ट लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको मूल्य ४.३, माहुली लघुवित्तको ४.१, तेह्रथुम पावरको ४, सिर्जनशील लघुवित्तको ३.८ तथा हाथवे इन्भेस्टमेन्टको ३.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अरुणकाबेली, अपी पावर र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?