+
+

टेलर स्वीफ्ट यौनजन्य डीपफेक तस्वीरको सिकार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १२:०१
अमेरिकी गायिका टेलर स्वीफ्ट (फाइल तस्वीर)

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले सिर्जना गरेको विश्व संगीत स्टार टेलर स्वीफ्टको पोर्नोग्राफिक तस्वीरले यससाता विश्वभर हलचल मच्चाएको छ । यससँगै डीपफेक प्रविधिले कसरी स्टारको छविलाई नष्ट गर्छ र यसले थप चुनौती सिर्जना गर्छ भन्ने बहस पनि सुरु भएको छ ।

पछिल्ला महिनामा भारतीय फिल्म उद्योगका सेलिब्रेटी एआई सिर्जित तस्वीरको सिकार बनिरहेको बेला अमेरिकी गायिका टेलर स्वीफ्टको नक्कली फोटो एक्स (पहिलेको ट्वीटर)बाट भाइरल बनेको थियो ।

उक्त फोटोमा स्वीफ्टलाई यौनिकरुपमा उत्तेजित र अश्लीलरुपमा देखाइएको छ । यो तस्वीरलाई सामाजिक सञ्जालमा हटाइनुअघि लाखौंले इन्टरनेटमा हेरिसकेका छन् । डेली मेलका अनुसार टेलरको यौनजन्य तस्वीर ‘सेलेब जिहाद’ भनेर चिनिने वेबसाइटले बनाएको थियो । यो एक डीपफेक पोर्न साइटले ए–लिस्टर सेलिब्रेटीका अन्य धेरै नक्कली फोटो पनि सेयर गरेको छ ।

यो तस्वीरलाई उक्त वेबसाइटले जनवरी २५ मा ‘टेलर स्वीफ्ट चीफ्स सेक्स स्क्यान्डल कच्ड अन क्यामेरा’ हेडलाइनसहित सेयर गरेको थियो । आफ्ना प्रिय स्टारको यस्तो खाले तस्वीर सेयर भएपछि टेलरका फ्यान क्रुद्ध भएका छन् । उनीहरुले यौनजन्य तस्वीरप्रति आक्रोश व्यक्त गरेका छन् ।

केही नेटिजनले ती तस्वीरविरुद्ध उजुरी गर्न सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

यो घटना संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिंदै गर्दा भएको छ । भ्रामक एआई–उत्पन्न छवि र भिडियोले मतदानमा बाधा पुर्‍याउन सक्छ कि भन्ने चिन्ता पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?