+
+

भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्रीस्टार आहारारा गोल्ड कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १७:१९

१३ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् ।

चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्पोले बल रोक्ने प्रयासमा थिए । तर, उनलाई कुनै अवसर नै दिएनन्, र बललाई जाली चुमाए ।

अतिरिक्त समयको २९ औं मिनेटमा पनि उनै चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले विपक्षी गोलरक्षक जाङ्पो बल सुरक्षित गर्न अगाडि बढेको मौकामा बिना कुनै गल्ती त्यसलाई गोलमा परिणत गरे । उनले दोस्रो गोलमध्ये भागबाट प्रहार गर्दै खाली पोस्टमा आरामले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा आशिषले निर्धारित समयभित्रै पटकपटक गोल गर्ने अवसर पाएका थिए । तर, सफल भइरहेका थिएनन् । उनीसँगै आदित्य शाक्य र दीपेश आलेमगरले पटकपटक गोल गर्ने अवसर पाएका थिए । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा जितका लागि अतिरिक्त समय पर्खिनुपर्‍यो ।

निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पारो पहिलो पटक सहभागी भएको थियो ।

थ्रीस्टार आहाराराको उपाधि पाँचौं पल्ट जितिसकेको छ । अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीबाट विजेता एकजनासँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

२३ औं आहारारा पोखरा गोल्डकपमा दोस्रो क्वार्टरफाइनल अन्तर्गत खेल भोलि डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?