+
+

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:२५

१६ माघ, पोखरा । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।

पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।

दिपेन्द्र बल रोक्न पछि गइरहेका थिए भने शत्रुघन बल बचाउन अघि बढिरहेका थिए । तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याएर खाली पोष्टमा आरामले गोल गरे ।

खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन ।

पोहोर पनि क्वार्टरफाइनलमै चर्चब्वाइजसँग पुलिस पराजित भएको थियो । ६ पटकको विजेता नेपाल पुलिसलाई पराजित गरेसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ ।

२३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।

अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?