+
+

जाभी मान्छन् : बार्सिलोनामा परिवर्तन आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:२६

१४ माघ, काठमाडौं ।  आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने नै भए । सन् २०२१ को नोभेम्बरमा उनले पहिलो पटक बार्सिलोना सम्हालेका थिए । अब यस सिजनको अन्त्यमा उनले क्लब छाड्ने छन् ।

बार्सिलोना आउन अगाडि उनी कतारमा थिए, अल साद हेरिरहेका थिए । सन् २०२२–२०३३ उनले बार्सिलोना हेरेको पहिलो पूरा सिजन थियो । त्यही बेला क्लबले लिग उपाधि पनि जित्यो । अब भने यही उपाधि रक्षा गर्ने अभियान असाध्यै कमजोर देखिएको छ ।

बार्सिलोना स्पेनी ला लिगाको शनिबार भएको खेलमा भिल्लारियलसँग ५–३ ले पराजित रह्यो । यो नतिजापछि शीर्षमा रहेको रियल म्याड्रिडसँग बार्सिलोनाको दूरीले १० अंक छोएको छ ।

‘म बार्सिलोनाको आफ्नै मान्छे हुँ, मैंले आफूलाई भन्दा बार्सिलोनालाई अगाडि राखेको छु । यो क्लबलाई मैले सक्दो दिएँ । म यो काम जारी राख्ने छु र बार्सिलोना समर्थकलाई गर्व गर्न लायक बनाउने छु,’ जाभीले भनेका छन् । खेलाडीका रूपमा उनी बार्सिलोनाका लेजेन्ड नै हुन् ।

अहिले ४४ वर्ष पुगेका उनले खेलाडी छँदा २५ वटा ठूला उपाधि जिते । प्रशिक्षकका रूपमा उनको क्लबसँगको अनुबन्ध अझै एक वर्ष बाँकी छ । तर अबको जुन ३० मा उनी क्लबबाट बिदा हुनेछन् । सन् २०१० को विश्वकप उपाधि पनि जितेका जाभीले भन्छन्, ‘बार्सिलोनमा परिवर्तन आवश्यक छ । खेलाडीको हितका लागि पनि यो आवश्यक छ । अहिले हामी तनाव नै तनावमा खेलिरहेका छौं । अब खेलाडीले स्वतन्त्र भएर खेल्नु पर्नेछ ।’

उनी थप्छन्, ‘मैले छाड्नु नै ठीक देखिएको छ । मैले साँच्चै सक्दो राम्रो गरें । मैले छाडेपछि क्लबमा परिवर्तन ल्याउन पनि सजिलो हुनेछ । खासमा म यही सन्देश दिन चाहन्थें । त्यसैले मैले ठीक निर्णय पनि गरें ।’

स्पेनी सुपरकपको फाइनलमा रियलसँग पराजित भएपछि जाभीले भनेका थिए, आफूमाथि खेलाडीको विश्वास छैन् भने क्लब छाड्न तयार नै हो । त्यस लगतै बार्सिलोनाले लगातार दुई जित निकालेको थियो र कुरा केही साम्य देखिएको थियो ।

दबाब नै दबाब

कोपा डेल रेमा एथ्लेटिको बिलबाओ र अहिले भिल्लारियलसँग हारेपछि समस्या फेरि चर्किएको देखिएको छ । जाभी कति धेरै दबाबमा छन् भने बार्सिलोनाको प्रशिक्षक भएकै कारण आफ्नो मानसिक स्वास्थ्य बिग्रेको भन्छन् ।

उनी भन्छन्, ‘अहिले बार्सिलोनामा कसैको पनि महत्त्व नभएको जस्तो देखिन्छ । खराव व्यवहार हुन्छ । अहिले क्लबले यसरी नै काम गरिरहेको छ । मानसिक रूपमा यस्तो सहनु गाह्रो हुन्छ । त्यसैले त्यस्तो विन्दु आइपुग्छ, जसले भन्छ, अब क्लब छाड्ने बेला भयो ।’

आफूले छाड्ने निर्णय सुनाएपछि त्यसले क्लबको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने पनि उनको विश्वास छ । बार्सिलोनाको युरोपेली च्याम्पियन्स लिगमा चुनौती बाँकी नै छ र अर्को महिना अन्तिम १६ को खेलमा नेपोलीको सामना गर्दैछ ।

‘बार्सिलोनाले च्याम्पियन्स लिग जिते पनि म क्लब छाड्ने निर्णयबाट पछाडि हट्ने छैन् । टिमको अहिलेसम्मको प्रदर्शनको सबै जिम्मा मेरै हो, मैले मनको कुरा सुनेर बार्सिलोना छाड्ने निर्णय गरेको हुँ,’ जाभीले सुनाए ।

–एजेन्सीको सहयोगमा ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?