
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् ।
चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न चाहेको बताए ।
नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिंदै नेता कोइरालाले नेपाल-चीन सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4