+
+
आहारारा गोल्डकप :

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:२४

१५ माघ, पोखरा । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पुर्‍याए ।

यसअघि  निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थपलियाले सुदीप श्रेष्ठबाट प्राप्त पासलाई पेनाल्टी बक्समा हल्का अघि बढाउँदै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन् ।

तर, खेलको अन्तिममा आएर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको अन्तिम मिनेटमा परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेका थिए । तर, बल सिधैं पोस्टभित्र छिर्दै गोलमा परिणत भयो ।

त्यसअघि पनि दुवै टिमले पटकपटक आफूले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा निराजन धामीले परियारको पासमा बक्सको एजबाट हानेको ओभरहेड किक क्रसबारमा लागेर फर्किएको थियो ।

खेलको २८ औं मिनेटमा जावलाखेलले पाएको फ्रिकिक मनाङका गोलरक्षक जियारत शेखले उत्कृष्ट बचाउ गरे । कप्तान विशाल तामाङले बायाँ क्षेत्रबाट हानेको प्रिकिक रियाजले सिंगल पञ्च गर्दै बचाए । रिबाउन्ड बललाई सुनिल खड्काले बक्सबाहिरबाट प्रहार गरेका थिए । तर, बल टार्गेटमा पर्न सकेन ।

त्यसअघि ९ औं मिनेटमा जावलाखेलका खेलाडीले प्रहार गरेको बल विपक्षीको गोलपोस्ट बारमा लाग्दै बाहिरिएपछि सुरुमै अग्रता लिने सुन्दर अवसर गुमाउनु पुग्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?