
१६ माघ, काठमाडौं । माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघले फोटो प्रदर्शनी गरेको छ ।
प्रदर्शनीलाई ‘सरकारलाई माइतीघर चिनाउने एक प्रयत्न’ नाम दिइएको छ । ‘माइतीघर जहाँ लोकतन्त्रले श्वास फेर्छ’ नारा सहित संघका नेता कार्यकर्ताले माइतीघरमा फोटो प्रदर्शन गरेका हुन् ।
सोही स्थानमा यस अघि निषेधाज्ञा हटाउन माग गरेको संघका कार्यकर्ताले मंगलबार फोटो प्रदर्शनी गरेका हुन् । नागरिक स्वतन्त्रताका पक्षमा विगतमा माइतीघरमा भएका फोटोहरु प्रदर्शनीमा राखिएको थियो ।
आफ्नो माग शान्तिपूर्ण रुपमा राख्न पाइने अधिकारको हनन भएकाले सरकारको ध्यानाकर्षण गर्न फोटो प्रदर्शनी गरिएको नेविसंघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए ।
सरकारले मंसिरको पहिलो सातादेखि माइतीघरलाई निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4