+
+

प्रतियोगिता खेलाउन बंगलादेश हिँडेकी रेफ्री एन्फाले नाम काटेपछि विमानस्थलबाट फर्किइन्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते २०:०७

१७ माघ, काठमाडौं । बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियन खेलाउन जान लागेकी नेपालकी रेफ्री राधिका शाक्य एअरपोर्टबाटै फर्कनुपरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले उनको नाम काटेको कारण उनी अन्तिम सममया एअरपोर्टबाट फर्कनुपरेको हो ।

च्याम्पियनसिपका लागि बुधबार नेपाली यू-१९ टोलीसँगै रेफ्रीद्वय अन्जना राई र राधिका शाक्य बंगलादेश जाने सूचीमा थिए । तर राधिकाले एअरपोर्ट पुगेपछि मात्रै आफ्नो नाम काटिएको थाहा पाइन् ।

‘साफ यू-१९ महिला च्याम्पियनसिपको लागि बंगलादेश जाने भनेर म एअरपोर्ट गएको थिएँ । तर त्यहाँ पुगेपछि मात्रै मेरो अपोइन्टमेन्ट क्यान्सिल भएको भनेर थाहा पाएँ । अन्जनाले तपाईँको नाम छैन भनेपछि पो म झसंग भएँ,’ राधिकाले अनलाइनखबरसँग भनिन् ।

‘किन क्यान्सिल भयो कसरी भयो मलाई केही थाहा छैन । एन्फाबाट पनि कुनै आधिकारिक जानकारी आएको छैन । यसको कारण पनि मलाई थाहा छैन । तर एअरपोर्टबाट फर्कँदा एकदमै दु:ख लागेको छ’, घर फर्केपछि राधिकाले भनिन् । नेपाली टोलीसँगै अर्की रेफ्री अन्जना भने बंगलादेश प्रस्थान गरेकी छिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?