+
+

अबको एक वर्ष फिल्म साइन गर्दिनँ : दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १७:४१

काठमाडौं । बिहीबार अनलाइनखबरसँगको भेटमा अभिनेता दयाहाङ राईलाई सोधियो- तपाईंले साइन गरेका फिल्मको संख्या कति छ र ती कुन–कुन हुन् ?

उनले नौवटा फिल्म साइन गरेको बताए तर सबैको नाम भन्न चाहिं सकेनन् । यसको अर्थ, दयाहाङसँग फिल्म लाइनअपको चाप कति छ र उनी कति डिमान्डेड छन् भन्ने हो । उनीसँग कम्तीमा दुई वर्ष रिलिज हुने फिल्मको लाइनअप छ । माघ २६ मा त उनी अभिनित दुई फिल्महरु ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज हुँदैछन् ।

‘दयारानी’को पत्रकार सम्मेलनमा उनले स्वभाविकरुपमा यी प्रश्नको सामना गर्ने नै भए । उक्त अवसरमा दयाहाङले अबको एक वर्ष फिल्म साइन नगर्ने बताए । अभिनय गर्नुपर्ने फिल्म थुप्रिएको कारण नयाँ फिल्मलाई होल्ड गर्नुपरेको उनको भनाइ छ ।

‘मैले खेल्छु भनेर सहमति जनाएका र घोषणा हुन बाँकी पाँचवटा फिल्म छन् । त्यसपछिका अन्य फिल्ममा साइन गर्दिनँ,’ उनले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’

यस वर्षको वैशाख १ गते दयाहाङका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ एकैदिन रिलिज भएका थिए । आफू अभिनित दुई फिल्म एउटै मितिमा आउँदा व्यावसायिक कोणबाट दबाब हुने भएपनि क्राफ्टको कोणबाट भने आफूलाई कस्तो फिल्म खेल्दा दर्शकले रुचि राख्छन् भनेर बुझ्ने अवसर हुने उनको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?