१९ माघ, काठमाडौं । भारतका कप्तान उदय सहारान र सचिन दासले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३९ ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको छ ।
भारतका सचिन दास ७४ बलमा ७ चौका र २ छक्कासहित ७८ रनमा क्रिजमा छन् । त्यस्तै उदय सहारान ७६ बलमा ६ चौकासहित ६४ रनमा खेलेका छन् ।
चौथो विकेटका लागि सचिन र उदयले १४८ रनको साझेदारी गरि सकेका छन् ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुल्शन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।
तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।
त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।
 
                    










 २०८० माघ  १९ गते १६:४०
                        २०८० माघ  १९ गते १६:४०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4