+
+

तपाईं कता हराउनु भो भन्ने प्रश्नले हैरान बद्री पंगेनी !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १९:३८

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनीले पछिल्लो समय आजभोली तपाई कता हराउनु भो भन्ने प्रश्नले आफू हैरान भएको बताएका छन् ।

जहाँ जसलाई भेटेपनि पहिलो प्रश्न यस्तै आउने भन्दै उनले नयाँ गीत निरन्तरताका लागी सार्वजनिक गरेको बताए । शुक्रबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको गीत रिलिज समारोहमा पंगेनीले ती कुरा बताए ।

उनले कटाक्ष गर्दै भने- कहाँ हराउनु भो भन्ने प्रश्नको समाधानका लागी सञ्चारकर्मीको सहयोग मागेको छु ।’

‘भर्खर गीत सार्वजनिक गरेर निस्किएको हुन्छ, कोही शुभचिन्तक भेटियो भने तपाई त हराउनु भो, गीत गाउनै छाड्नु भो त भन्छन्, यस्तै कुराको समाधानका लागी सञ्चारकर्मीहरुको सहयोग मागेका हौं’ गायक पंगेनीले भने ।

पंगेनीको स्वरमा नयाँ गीत ‘चोली फेर्ने माया’ उक्त अवसरमा सार्वजनिक गरिएको छ । गीतमा पंगेनीसँगै शान्ति भण्डारीले स्वर दिएकी छन् । शब्द र संगीत शिब हमालको छ ।

अभिनेता पुष्प खड्का गीतको भिडियोमा फिचर्ड छन् । खड्काको साथमा पंगेनी र गायिका भण्डारीलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

कार्यक्रममा शारिरीक रुपमा दृष्टिविहीन भएपनि स्वरको माध्यमबाट धेरैको मन जितेका गायक प्रज्वल कुमाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले लोकगीतको क्षेत्रमा पंगेनीको योगदान अतुलनिय रहेको बताए । अहिलेको सिर्जनाले पनि दर्शक तथा श्रोताको मन जित्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिवल्लभ नेपाल, गीतकार एकनारायण भण्डारी, भिडियो समीक्षक बाबुराजा केसी, सुवास रेग्मी लगायतका अतिथिले शुभकामना दिएका थिए ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?