+
+

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० माघ २१ गते १३:३३

२१ माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले १४ वटा टहरा भत्काइरहेको जानकारी दिए ।

‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएका हौं । अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाएको पायौं,’ अर्यालले भने ।

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाउने काम भएको अर्यालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?