 
																			२२ माघ, काठमाडौं । रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५ करोड ८९ लाख रुपैयाँ छ ।
कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा सामान्य घट्नुमा विद्युत् बिक्रीवापत हुने आम्दानी घट्नु र बिक्री लागत बढ्नु मुख्य कारण देखिन्छ । कम्पनीको विद्युत् बिक्री आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।
साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4