+
+

ग्रामी रेडकार्पेटमा सेलिब्रेटी स्टाइल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १३:०९

काठमाडौं । सोमबार बिहान आयोजित ग्रामी अवार्डको रेडकार्पेट एक किसिमले फेसनको उत्सव थियो । ग्रामीको रेडकार्पेट फेसन परम्परागत हलिउड शैलीभन्दा बोल्ड र भिन्न स्टाइलको कारण परिचित छ ।

माइली साइरस, डोजा क्याट बोल्ड पहिरनमा देखिए । साइरसको पोशाकमा सुनको सुरक्षा पिनजडित देखिएको थियो । क्याटले चाहिं टर्किस–ब्रिटिश डिजाइनर डिलारा फिन्डिकोग्लुको पहिरन लगाएकी थिइन् ।

कालो रङका गाउनले यस वर्षका रेडकार्पेटमा बढी स्थान लिएका छन् । ग्रामीमा पनि सेलिब्रेटीले त्यो प्रवृत्तिलाई पछ्याए । कालो रंगको अरमानी प्राइवे पोशाकमा जेनेल मोना र गायिका क्यारोलिन पोलाचेक थिए, जसले ओलिभियर थेस्केन्सको भ्याम्पी भिन्टेज पोशाकमा आफूलाई सजाए ।

ब्वाइजिनियसका सदस्य मिल्दाजुल्दो क्रिम थोम ब्राउन सूटमा देखिए । सबैभन्दा अप्रत्यासित आगमनमध्ये एक टेलर स्वीफ्टले सेतो शियापेरेली हाउटे कउचर गाउन र कालो ओपेरा पन्जामा आफूलाई प्रस्तुत गरेकी थिइन् ।

तस्वीरहरु : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?