 
																			काठमाडौं । क्यान्सरलाई जितेकाहरुले उपचारको क्रममा आफूले भोगेका अनुभव साटेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले गरेको अन्तरक्रिया कार्यक्रममा क्यान्सरको उपचार देखापर्ने समस्या समाधानका लागि सरोकारवालाको ध्यान पुग्न आवश्यक रहेको बताए ।
कार्यक्रममा क्यान्सररोग विशेषज्ञहरू डा. मदन पिया, डा. गिशुप निख प्रसिको, डा. प्रकाशराज न्यौपाने, डा. राजेन्द्र बराल, डा. सुदीप श्रेष्ठ, डा.अरुण शाही तथा मनोचिकित्सक डा. सरोज ओझालगायतले क्यान्सरका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले क्यान्सरका बिरामीलाई सहुलियत र सहरीकरणका लागि बनाउने नीति नियममा सबैको सुझाव आवश्यक भएको बताए ।
सोसाइटीकी अध्यक्ष प्रमिता खनालले सोसाइटीले क्यान्सरसम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका विद्यार्थीका लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्पलगायत गतिविधि गर्दै आएको जानकारी दिइन् ।
कार्यक्रमका सहभागीहरुले सरकार, सरोकारवाला र क्यान्सर विजेताहरु एकजुट भएर समस्या सम्बोधन गर्न आवश्यक रहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4