+
+

पोखरामा उपाधि उचालेको आर्मी हेटौंडामा स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते २०:३२

२२ माघ, हेटौंडा । दुई दिनअघि मात्रै आहारारा पोखरा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी क्लब हेटौंडामा मोफसलको क्लबसँग पराजित भएको छ ।

हेटौंडामा जारी छैठौं संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा आर्मी राजारानी क्लब धनकुटासँग सडनडेथमा पराजित गरेको हो । २० माघमा आर्मीले ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर आहा रारा पोखराको उपाधि जितेको थियो ।

पोखरामा उपाधि जितेर क्वार्टरफाइनल खेल्न हेटौंडा आइपुगेको आर्मी पहिलो खेलमै शहीद स्मृति गोल्डकपबाट बाहिरिएको छ ।

सोमबार गौरीटार रंगशालामा भएको खेलमा आर्मीले ११ औं मिनेटमा रासाबहादुर मगरको गोलबाट अग्रता लिएको थियो । मगरले कर्नरबाट गरेको शक्तिशाली प्रहारले सिधै पोष्टको दिशा लिएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा राजारानी धनकुटाले खेलको ८४ औं मिनेटमा मार्टिनको गोलबाट खेल बराबरीमा ल्यायो । सेन्टर लाइन नजिकबाट पिटर सेगूनले दिएको पासलाई मार्टिनले हेडमार्फत बाललाई जाली चुमाए ।

टाइब्रेकरमा आर्मी र राजारानी धनकुटाबीच ३–३ को बराबरी भयो । पेनाल्टी सुटआउटमा आर्मीबाट जितेन्द्र कार्की, कमल थापा र रसाबहादुर मगरले गोल गरे भने बसन्त जिम्बा र श्रीराम चौधरीको प्रहार आकाशिएको थियो । राजारानीबाट विशाल घलान, रुपेश केसी र गोलरक्षक दिप कार्कीले गोल गर्दा सुनिल खड्का र अशोक खवास चुकेका थिए ।

सडनडेथमा आर्मीका बिमल पाण्डेले गोल गरे पनि दोस्रो प्रहारमा सिद्धान्त चौधरी चुके । चौधरीको प्रहारलाई विपक्षी गोलरक्षक कार्कीले बचाउ गरे । प्रवेश दनुवारले सडनडेथमा राजारानीका लागि बराबरी र उमेश कार्कीले विजयी गोल गरेका थिए । खेलमा गोलरक्षक कार्की म्यान अफ दि म्याच चुनिएका छन् ।

शहीद स्मृति गोल्डकपमा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल थ्रीस्टार र एपीएफ क्लबबीच हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?