+
+

‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘बोतल राजा’ बन्ने, दीपकराज गिरीको सरप्राइज प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते २०:५४

काठमाडौं । ‘हात्तीछाप’को दोस्रो श्रृंखला ‘हात्तीछाप २ : बोतल राजा’ बन्ने भएको छ । निर्माताले फिल्मको पोस्ट-क्रेडिटमार्फत सिक्वेलको घोषणा गरेका हुन् ।

मंगलबार राजधानीमा आयोजित फिल्मको प्रिमियर समारोह सेलिब्रेटीदेखि कास्ट एण्ड क्रूको उपस्थिती रह्यो । फिल्मको इण्डिङमा दोस्रो सिक्वेलको जानकारीसहित अभिनेता दीपकराज गिरीको विशेष केमियो देख्न सकिन्छ ।

‘राजाको रुपमा दीपकराज गिरी’ वाक्यसहित पर्दामा दीपक देखापर्छन् । सबै देशमा एउटै राजा हुने भन्दै उनले ३० सेकेण्ड केमियो भूमिका निर्वाह गरेका छन् । ‘छक्कापञ्जा’मा राजाको भूमिकामा देखिँदै आएका दीपकको ‘हात्तीछाप’ केमियो एउटा आश्चर्यजनक दृश्य हो ।

‘हात्तीछाप २ : बोतल राजा’मा दीपक पनि राजाकै भूमिकामा देखिन लागेका हुन् कि अनुमान गर्न सकिन्छ । दीपकको यो केमियाका दुई थ्योरी हुनसक्छ । पहिलो- उनी सिक्वेलमा राजाकै रोलमा देखिनसक्छन् । दोस्रो- पछिल्लो समय विश्व फिल्ममा चलेको सिनेम्याटिक युनिभर्सको ट्रेन्डअनुसार छक्कापञ्जाको राजाको भूमिकामै उनी हात्तीछाप २ मा देखिन सक्छन् ।

कारण जेसुकै भएपनि दीपकको केमियो एउटा सरप्राइज ट्रिटमेन्ट अवश्य हो । किनभने, दीपक आगामी दशैंका लागि ‘छक्कापञ्जा ५’ लिएर दर्शकमाझ आउने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?