+
+

भारतमा पेटीएमको बैंकिङ कारोबार रोक लाग्दा सेयर मूल्यमा भारी गिरावट

एजेन्सी एजेन्सी
२०८० माघ २४ गते १०:४३

२४ माघ ।  भारतीय रिजर्भ बैंकले पेटीएम पेमेन्ट बैंक (पीपीबीएल)को सेवामा रोक लगाउनेगरी आदेश जारी गरेसँगै माउ कम्पनी वन–९७ कम्युनिकेसनको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ ।

आगामी २९ फेब्रुअरीदेखि लागू हुनेगरी भारतीय रिजर्भ बैंकले कम्पनीको बैंकिङ सेवा रोक्न आदेश जारी गरेको छ । सोही आदेशका कारण वन–९७ कम्युनिकेसनको सेयर मूल्य ३ दिनमा ४२ प्रतिशतसम्म घट्यो । यद्यपि मंगलबार भने मूल्य केही सम्हालिएको छ ।

गत बुधबार (जनवरी ३१) मा बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य भारु ७६१ रुपैयाँ थियो । बिहीबार कम्पनीको मूल्य ६०९ रुपैयाँमा झर्‍यो । शुक्रबार मूल्यमा झन् ठूलो गिरावट आउँदा ४८७ रुपैयाँमा झर्‍यो ।

शनिबार र आइतबार बन्द रहने बजार सोमबार खुल्दा पनि कम्पनीको मूल्य घट्ने क्रमले निरन्तरता पायो । सोमबार मूल्य प्रतिकित्ता ४३८ रुपैयाँसम्म झर्‍यो । तीन कारोबार दिनमा कम्पनीको मूल्य ४२ प्रतिशतसम्म घट्यो । हिजो मंगलबार मूल्य केही सम्हालिएर ४५१ रुपैयाँमा बन्द भयो । बुधबार बजार खुलेपछि कम्पनीको मूल्यमा वृद्धि देखिएको छ ।

भारतीय रिजर्भ बैंकले २९ फेब्रुअरीदेखि लागू हुनेगरी पेटीएम पेमेन्ट बैंकका धेरै सेवामा रोक लगाएको छ । पेटीएम पेमेन्ट बैंकले केन्द्रीय बैंकका निर्देशन पालना नगरेकाले सेवामा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २०२२ मार्चमा नै केन्द्रीय बैंकले पीपीबीएललाई नयाँ ग्राहक जोड्न रोक लगाएको थियो, तर पीपीबीएलले पालना नगरेपछि प्रतिबन्ध लगाएको हो ।

पेटीएम पेमेन्ट बैंकमा खाता हुनेहरुले २९ फेब्रुअरीपछि सो खाताबाट कारोबार गर्न पाउने छैनन् । यद्यपि केन्द्रीय बैंकले १५ मार्चसम्मको समय दिएको छ । सो अवधिसम्म ग्राहकले पुरा रकम झिक्न सक्नेछन् । पेटीएम पेमेन्ट बैंकसँग खाता लिंक गरी वालेट पनि प्रयोग गर्न सक्ने छैनन् । पेटीएम बैंकसँग आवद्ध खाताबाट अन्य कारोबार पनि गर्न सक्ने छैनन् । पीपीबीएलमा ग्राहकले निक्षेप मात्रै संकलन गर्दै आएका थिए । बैंकलाई लोन दिने तथा डेबिट कार्ड जारी गर्ने अधिकार थिएन ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?