+
+
नेपाल भर्सेस क्यानडा :

भगवानले लिए नेपालको पहिलो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १०:१६

२५ माघ, काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौका र १ छक्कासहित ३६ रनमा क्रिजमा छन् ।

रोहित पौडेल ५ रनमा क्रिजमा छन् । नेपालले आजको खेलमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्यू दिएको छ । बेन्चमा अनिल शाह, आकाश चन्द, हेमन्त धामी र देव खनाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?