
२६ माघ, काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको नयाँ नेतृत्वका लागि रामहरि कार्की र लोपसाङ्ग शेर्पा चुनावी मैदानमा छन् । अध्यक्ष प्रत्यासी कार्की वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने शेर्पा सल्लाहकार सदस्य हुन् ।
शनिबार बानेश्वरस्थित एभरेस्ट होटलमा संघको २४औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको उद्घाटन सत्र सञ्चालन हुने र आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने सचिवका उम्मेदवार समेत रहेका नारायणप्रसाद दाहालले जानकारी दिए ।
दुई वर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षक पदमा गंगाबहादुर घिमिरे र अर्जुन कार्की तथा महासचिव पदमा रामचन्द्र पराजुली र भक्तबहादुर पराजुलीले उम्मेदवारी दिएका छन् ।
यसैगरी ४ जना सचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको संघले जनाएको छ । संघका अनुसार सचिव पदमा विकासप्रसाद रिसाल, आङदोर्जे शेर्पा, नारायणप्रसाद दाहाल, तुलसी राउत र सुब्बा श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
प्रथम उपाध्यक्ष लगायतका अन्य पदमा निर्विरोध
संघका अनुसार प्रथम उपाध्यक्ष पदमा सुरेश श्रेष्ठ निर्विरोध निर्वाचित हुँदा वरिष्ठ सचिवमा भरतबहादुर अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
चार जना उपाध्यक्ष पद रहने संघमा सुजित बस्नेत, निरञ्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे र भरत कार्की निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा लालबहादुर बस्नेत र सहकोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित हुँदा १९ जना सदस्य पनि निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
प्रतिक्रिया 4