
काठमाडौं । कुमारी बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२८ माघ आइतबारका दिन काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।
साधारण सभाबाट सञ्चालकमा संस्थापक सेयरधनी समूहबाट अमिर प्रताप जबरा, विजयकुमार श्रेष्ठ (कर्मचारी सञ्चय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित भएका छन् ।
यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल एवम् राजाराम खड्का र सर्वसाधारण सेयरधनी महिला समूहबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4