+
+

च्याम्पियन्स लिगमा लाजियोले बायर्न म्युनिखलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ८:२४

३ फागुन, काठमाडौं । सिरो इम्मोबाइलको पेनाल्टी गोल मद्दतमा इटालियन क्लब लाजियोले जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा पराजित गरेको छ ।

दश खेलाडीमा समेटिएको बायर्नलाई लाजियोले १-० ले हराएको हो । लाजियोका लागि सिरो इम्मोबाइलले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

लाजियोको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको लाजियवले पेनाल्टीमा पायो र त्यसैमा गोल गरी पहिलो लेगमा अग्रता लिन सफल भयो ।

बायर्नका डायट उपामेकानोले ६७औं मिनेटमा गस्ताभ इसाकेसेनलाई फल गरेपछि रेफ्रीले उपामेकानोलाई सिधै रातो कार्ड देखाउँदै लाजियोलाई पेनाल्टी दिएका थिए । जसमा इम्मोबाइलले कुनै गल्ती गरेनन् । बायर्नका गोलकिपर मानुएल नोएले पेनाल्टी रोक्ने अवसर नै पाएनन् ।

त्यसपछि लाजियोले बायर्न दश खेलाडी हुँदा पनि गोल थप्न भने सकेन ।

इंग्लिस स्ट्रायकर ह्यारी केन जस्ता स्टार खेलाडी भएपनि पछिल्लो समय बायर्नले सोचे अनुसार नतिजा ल्याउन सकेको छैन । गत शनिवार लिगमा बायर्न बायर लेभरकुजनसँग ३-० ले पराजित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?