+
+

यूएईबाट आएका टर्किस नागरिक विमानस्थलमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १३:३९

३ फागुन, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार, बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएकाले उनले बताए ।

बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?