+
+

सेयर परिसूचकसँगै कारोबार रकम घट्यो, फाइनान्समा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १५:१३

३ फागुन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४६ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ ।

अघिल्लो दिन ४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडमा खुम्चियो । कुल ७९ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो । अघिल्लो दिन सबैभन्दा धेरै बढेको फाइनान्समा आज उच्च गिरावट देखियो । यो समूह २.७१ प्रतिशत घट्यो ।

उत्पादन समूह ०.१५ प्रतिशतले हरियो रहे पनि अरु सबै समूहगत सूचक झरेका छन् । बैंकिङ ६, विकास बैंक ५७, फाइनान्स ५१, होटल तथा पर्यटन ३४, हाइड्रोपावर ८, जीवन बीमा ७१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७९, ब्यापार २५ र अन्य समूह २८ अंक घटे । उत्पादन समूह ९ अंक बढ्यो ।

बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८, जोशी हाइड्रोपावरको ७, बलेफी हाइड्रोपावरको ५ प्रतिशत मूल्य बढ्यो । मैलुङखोला जलविद्युतको ५.७, प्रोग्रेसिभ फाइनान्सको ५.५, माहुली लघुवित्तको ५.४, रिभरफल्स पावरको ५.१ तथा हिमालयन पावर पार्टनरको ४.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सगरमाथा जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकास कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?